चुनाउको घोषणा-पत्र

अहिले नेपालमा चुनाउको समय हो !

यशैयाले धेरै अगाडि लेखेको आफ्‍नो चुनावको घोषणा-पत्र पढ़ेर, येशूले आफ्‍नो सेवकाइ सुरू गर्नुभयो। उहाँले यसरी पढ्नुभयो, “परमेश्‍वरको आत्‍मा ममाथि छ किनभने ...” । त्‍यसपछि उहाँले केही राजनीतिक विषयहरूको व्‍याख्‍या गर्नुभयो-

उहाँको घोषणा-पत्रमा केही विशेष भिन्नताहरू थिए।

१. संसारको उत्‍पत्ति हुनुभन्‍दा अगाडि नै पिताद्वारा उहाँ विजयी भइसक्‍नु भएको थियो, तर पछिमात्र त्यो कुरा सार्वजनिक रूपमा घोषणा गरियो,“तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म प्रसन्न छु” (लूका ३: २२)। यी शब्‍दहरू पिताका औपचारिक भनाइ थियो। उहाँलाई ४० दिनसम्‍म मरुभूमिमा परीक्षा र जाँच गरिएको थियो, र उहाँले सरकार (राज्‍य) संचालनको लागि आफू पूर्ण रूपमा तयार हुनुहुन्‍छ भनी देखाइसक्‍नुभएको थियो। अति कठिन अवस्‍थामा हुँदा पनि उहाँले आत्‍मसंयम गुमाउनु भएन तर आफ्‍नो कर्तव्‍य अर्थात् उहाँको पिताको इच्‍छालाई आफ्‍नो फाइदा र जीवनभन्‍दा पनि बढ़ी महत्त्‍व दिनुभयो। उहाँलाई ४० दिनसम्‍म मरभूमिमा परिक्षा र जाँच गरिएको थियो, र उहाँले सरकार संचालनको लागि आफू पूर्ण रूपमा तयार हुनुहुन्‍छ भनि देखाइसक्‍नुभएको थियो। अति कठिन अवस्‍थामा हुँदा पनि उहाँले आत्‍मसंयमता गुमाउनुभएन तर आफ्‍नो कर्तव्‍य अर्थात उहाँको पिताको इच्‍छालाई आफ्‍नो फाईदा र जीवनभन्‍दा पनि बढ़ी महत्‍व दिनुभयो।

२. उहाँले आफ्‍ना सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो। उहाँले साँच्‍चै नै गरिबहरूको निम्‍ति सुसमाचार ल्‍याउनुभयो, कैदीहरूलाई स्‍वतन्‍त्र पार्नुभयो, अन्‍धाहरूको आँखा खोल्‍नुभयो र अरू धेरै असल कामहरू गर्नुभयो। उहाँले गर्नुभएका सबै कामहरूमा गल्‍ती देखाउनको निम्‍ति त्‍यहाँ निश्‍चय नै विपक्षी दलहरूले कोसिस गरेका थिए। तर उहाँको कामहरूमा एउटै पनि गल्‍ती भएको थिएन। निष्‍पक्ष निरिक्षणकर्ताहरूले त्‍यहाँ सबै कुराहरू ठीक भएको निर्णय गरे।

३. उहाँले आफ्‍ना घोषणा-पत्रमा लेखिएको भन्‍दा धेरै कामहरू गर्नुभयो। मनिसहरूका बाहिरी समस्‍याहरूमात्र होइनन्, तर भित्री समस्‍याहरू, जस्‍तै: आत्‍मिक गरिबीपन, अन्‍धोपन, बन्‍धन र अत्‍याचारको समाधान गर्नुभयो, जुनचाहिँ झन् ठूला समस्‍याहरूका जड़ थिए। अन्‍धा मानिसहरूले दृष्‍टि पाउँदा उनीहरू निकै हर्षित थिए, तर आत्‍मिक अन्‍धोपनको चङ्गाइले झन् ठूलो र स्‍थायी उपलब्‍धीहरू ल्‍याए। उहाँले कसैलाई शारीरिक रूपमा काराबासबाट छुटकारा दिनुभएको हामी पढ्दैनौँ, तर निश्‍चय नै ढुङ्गाले बनाइएको भन्‍दा खराब काराबासबाट मानिसहरूलाई बाहिर निकाल्‍नुभयो। यस संसारका राजनितिज्ञहरूजस्‍तो नभई, उहाँले आफूले प्रतिज्ञा गर्नुभएको भन्‍दा झन् बढ्ता गर्नुभयो।

येशूले गर्नुभएका ती सबै कुराहरू आज एक प्रकारले इतिहास भए तापनि ती कुराहरू भविष्‍यवाणी पनि थियो। परमेश्‍वरले अझ धेरै छोरा-छोरीहरू चुन्नुभएको छ र उहाँको योजना के हो भने, उनीहरू पनि येशूजस्‍तै बनून् (यस विषयमा रोमी ८ अध्‍यायमा थाहा पाउन सकिन्‍छ)। तिनीहरूको (परमेश्‍वरको छोरा-छोरीहरू) घोषणा-पत्र पनि ठूलो दाजु येशूको जस्‍तै हुनेछ, “गरीबहरूलाई सुसमाचार सुनाउने, कैदीहरूलाई छुटकाराको घोषणा गर्ने, अन्‍धाहरूलाई दृष्‍टि दिने, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउने आदि।” अरू राजनितिज्ञहरूजस्‍तो त होइन तर येशूजस्‍तो तिनीहरूले आफ्‍ना प्रतिज्ञाहरू अर्थात् परमेश्‍वरका प्रतिज्ञाहरू पूरा गर्नेछन्।

नेपालले मात्र होइन तर सारा सृष्‍टिले उनीहरूको प्रकट हुने समयको लागि बड़ो उत्‍सुकतामा प्रतिक्षा गरिरहेछ, ताकी सृष्‍टि स्‍वयम् पनि विनाशको दासत्‍वदेखि महिमित स्‍वतन्‍त्रतामा मुक्त हुनेछ।

अब राजनितिक कुरालाई यहीँ छोडौँ र जहाँ भोट दिनु पर्ने हो, आफ्‍नो सारा हृदयले र आफ्‍नो सारा प्राणले आफ्‍नो प्रधान मन्‍त्रीको रूपमा येशूलाई र सांसदको रूपमा उहाँको सिंहासन र राज्‍यको भागिदार हुनुहुने उहाँका थुप्रै भाइ-बहिनीहरूलाई भोट दिऔँ।