चिन्‍ह र आश्‍चर्य काम

परीचय

“साँच्‍चै, म तिमहिरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेको काम गर्नेछ, र तीभन्‍दा ठूला काम पनि गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु ”(युहन्‍ना १४:१२)।

येशूले बिरामीलाई निको पार्नुभयो, दुष्टर आत्मा हरू धपाउनुभयो, अन्धालको आँखा खोल्नु भयो, पानीमाथि हिड्ँनुभयो, पानीलाई दाखमद्यमा परिवर्तन गर्नुभयो, मरेकालाई जिउँदो पार्नुभयो। ती सबै काम गरिसकेपछि उहाँ भन्नुहुन्छन, ’अरूले पनि त्यो गर्छन् र अझ महान्‌ काम गर्दै जान्छकन्।’ के उहाँलाई पछ्याउनेहरूले उहाँका वचनहरू पालन गरे ? निश्चुय नै तिनीहरूले बिरामी निको पारे, दुष्टह आत्माहरू धपाए, मरेकालाई जिउँदो पार्नुका साथै अरू आश्च र्य कामहरू पनि गरे, तर के तिनीहरूले वास्तूवमा येशूले भन्दाल महान्‌ काम गरे त ?

मरेकोलाई जिउँदो पार्नुभन्दाक अर्को कुन ठूलो काम गर्न सक्तथे होला ?

कति मानिसहरू भन्द्छन् : येशू शरीरमा एक व्यक्ति, समय र स्थानमा सीमित हुनुभयो। उहाँका चेलाहरू धेरै थिए र तिनीहरू रोमी साम्राज्यभरि फैलिएर विश्वभरी नै भएको हुनाले उहाँले गरेको भन्दा धेरै काम गर्न सके। यो अवश्यय सत्य् हो तर धेरै भन्नुको अर्थ अझ महान् भने होइन। येशूले गर्नुभएको कामभन्दाक महान् काम चेलाहरूले के गरे ?, र हामीले के गर्न सक्छौं ?

उहाँले भनेको जस्तैक काम हुन्छू भन्ने येशूको भनाइको अर्थ के हो ? येशूले गर्नुभएको कामभन्दा पनि अझ महान् काम गर्नसक्‍छौँ भन्नु ईश्वरको निन्दा गरेझैँ सुनिन्छ। उहाँले बोल्नुभएको वचन अस्वीरकार गर्नु वा गलत हो भन्नुचाहिँ साँच्चैको ईश्वरनिन्दा गर्नु हो। उहाँले सरल प्रकारले भन्नुभयो : उहाँलाई विश्वास गर्नेहरूले उहाँले गरेका भन्दा अझ महान्‌ काम गर्नसक्छ न्।

त्यसो भए उहाँले भन्नुभएको जिल्ल पार्ने शब्दरहरूको रहस्य (झुक्या्उने वचनहरूको अर्थ) खोजी निकालौँ, र त्यसो गरेर नयाँ आत्मि‍क अत्यावश्यक सच्याई सिकौँ।

येशूले के काम गर्नुभयो

येशूले नासरतको सभाघरमा उभिएर साधारण मानिसहरूको सेवा शुरु गर्नुहुदाँ यशैया अगमवक्ताको पुस्ताक पढ्नुभयो। उहाँले पढ्नुभएको वचनहरू यिनै थिए, “परमप्रभुको आत्माक ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाचहरूलाई दृष्टित दिन, थिचोमिचोमा परेकाहरूलाई स्वातन्त्रन गराउनका निम्ति , र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ” (लूका ४: १८, १९)।

येशूले तिनीहरूलाई अझ भन्नुहुन्‍छ “आज धर्मशास्त्रसको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ” (लूका ४: २१)। यो कस्तो ठूलो दाबी थियो, तिनीहरूसँगै हुर्केको सिकर्मीको छोरा अचानक एक दिन उहाँ आफ्नै विषयमा बोलिएको ७०० वर्ष पुरानो अगमवाणी पूर्ण भएको विशाल घोषणा गर्नुहुन्‍छ।

यशैया ६१ अध्यायका यी वचनहरू सुन्नेहरूको मनमा दुई विचारहरू ल्याएका छ। वर्षेनी निस्तार चाड़ स्मरण गराएअनुसार तिनीहरूले सम्झना गरे होलान्। तिनीहरूका पिता पुर्खाहरू मिश्र देशमा कमारा कमारी भएका थिए। त्यहाँ मोशा आएर परमेश्वरको हातद्वारा चिन्ह र चमत्कार गरी छुटकारा नगरुञ्जेलसम्म। तिनीहरू ठूलो कष्ट र सतावटमा परेका थिए।

तिनीहरूले आफ्नो धर्मशास्त्र जानेको हुनाले लेवी २५ अध्यायको १० पदको सम्झना पनि गरे होला। “पचासौँ वर्षलाई पवित्र मान्नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस्, र हरेक मानिस आफ्नो जग्गा‍ जमीन र आफ्नो् परिवारमा फर्कोस्।” यो चाड़ धेरै मानिसहरूका लागि जीवनमा एक पटकको अनुभव थियो जब दासहरू स्व्तन्त्र भएर सम्पूर्ण देश शुरुको मालिकको अधिकारमा फर्के। तर रोमीहरूले इस्राएलीहरूमाथि शासन गर्नेको अर्थ के हुनसक्थ्यो ? धर्मशास्त्रर येशूले कसरी पूरा गर्न सक्नुहुन्‍थ्‍यो ?

त्यस पछिका तीन वर्षमा के भयो सो मैले लेखि रहने आवश्यरकता पर्दैन। मत्ती, मर्कुस, लूका र यूहन्नाहरूले प्रत्यसक्ष वर्णन गरेका छन्। येशूले असल काम गर्दै जानुभएकोमा यशैयाले बोलेका अगमवाणी एक एक गरी पूरा भयो। गालीलका गरीबहरूको निम्ति स्वयर्गको राज्याको शुभ खबर ल्याउनुभयो, कति धेरै रोगी मानिसहरू निको भए र मृत्युको मुखबाट छुटकारा पाए त्य्सको लेखा कसैलाई थाहा छैन। अन्धकारको शक्तिले पीडित भएकाहरूले छुटकारा पाए, विश्वासै गर्न कठिन पर्ने आश्चेर्य कामहरू भए। जन्मैको अन्धाहरूले पनि दृष्टि पाए। त्योभन्दा पनि ठूलो कुरो त मरेकाहरू जिउँदो भए। धेरै युगअघि एलिया र एलिशाले त्यो‍ काम गरेका थिए, तर अतीतका आश्चर्य कामहरू वर्तमानकालमा पनि भएको होस् भन्ने आशा के तपाईं गर्नुहुन्न ?

निको भएका र छुट्कारा पाएकाहरूको रमाहटको कल्पन गर्न सकिन्छ। तीमध्ये हामी आफैले पनि कतिपय यस्तो अनुभव गरेकोमा त सङ्कै छैन। यस्तो आश्चर्यजनक काम आफ्नै आँखाले देखेको मात्र नभई आफैले त्यो गर्न सक्ने शक्ति पाएका उत्तेजित चेलाहरूको कल्पना गर्न सक्छौँ। तिनीहरू धर्मशास्त्रमा पढ़ेका कुराहरूको अनुभव गर्नेहरू थिए तर आफ्नै आखाँले देख्नेछ र आफ्नै हातले गर्न सक्ने कामको भने तिनीहरूले कल्‍पना पनि गर्न सकेका थिएनन्।

यी सबैले कता डोर्याउदै थियो त ? के मोशाले मिश्रीहरूबाट स्वतन्त्रा गरे झैं येशू रोमीहरूबाट इस्राएलीहरूलाई स्वतन्त्र गर्ने अर्को मोशा हुनुहुन्यो ? के उहाँ इस्राएलको शैन्य शक्ति फेरी फर्काई ल्याउने अर्को दाऊद हुनुहुन्‍थ्‍यो‍ ? के येशूको आश्चशर्य काम गर्ने शक्तिले प्रतिज्ञा गरेको शान्तिको राज्यमा स्वास्‍थ्‍य , सौभाग्य संसारमा ल्याउन सक्ला ? के यो मानव जातिलाई प्रभाव पार्ने अनेक दु:ख रोगव्या्धि दरिद्रताको अन्त थियो ? चेलाहरू र प्रभुलाई पछ्याउने भिडहरूलाई त्‍यस्‍ता असीमित आशा र उत्तेजनाको सीमा नरहेको ज्ञान हुनुपर्दछ।

येशूको बिचार

उत्तेजनाले प्रभाव नपार्ने एक व्यक्ति छ, म विश्वास गर्छु, उहाँ येशू आफै हुनुहुन्छा।

जब भीडले उहाँको शिक्षा सुन्न, बिरामी निको पारेको हेर्न वा अनुभव गर्न पछ्याए, उहाँ तिनीहरूलाई छोडेर डाँडामाथि प्रार्थना गर्न र परमेश्वरसँग रहन जानुभयो। जब यून्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउनु हुँदैछ भन्ने खबर यहुदियामा फैलियो तब उहाँ त्यो ठाउँ छोडेर सामरीयामा जानुभयो जहाँ एउटी असहाय महिला भेटाएर तिनको सेवा गर्नुभयो।

भीड़प्रतिको अचम्माका आशिषमय सेवकाइ, सहयोगजस्ता महत्वपूर्ण काममा लगनशील हुनको सट्टा अक्सर शिक्षा दिनमा व्‍यस्‍त रहनुभयो, जुन उहाँका आफ्नै चेलाहरूले पनि बुझ्न सकेनन्। जब उहाँले गरेका आश्च्र्य कामको विषयमा तिनीहरू विचार गरिरहेका हुन्थे उहाँको मन अक्सर अरू नै कुराहरूमा हुन्यो। समय हुँदै उहाँले आफ्नो मृत्यु र पुनरुथानको विषयमा तिनीहरूलाई भन्न शुरु गर्नुभयो। उहाँको अद्धितीय तथा आश्च‍र्यकाम लगातार भइरहेको तिनीहरू चाहन्थे। उहाँ र उहाँका पिताको भने भिन्दै र असल योजना थियो, जुन त्यस स्थितिमा तिनीहरू जान्न वा बुझ्ना असमर्थ थिए।

एक दिन येशूले भन्नुभयो, “मैले लिनुपर्ने बप्‍तिस्‍मा छ। त्‍यो पूरा नहोउञ्‍जेल म अति सीमित छु !” (लूका १२:५०)। उहाँको सेवकाइ उहाँलाई पछ्याउनेहरूलाई धेरै रमाइलो लाग्ने भए पनि सीमित थियो। उहाँलाई गर्न मन लागेको काम अहिले गर्न असम्भव थियो, तर पनि उहाँ पिता कहाँ गएपछि चेलाहरूद्वारा ती अझ महान् काम हुन सम्भव थियो।

“म पिताकहाँ जाँदैछु”

जे हुन लागेको थियो, त्यसको निम्ति येशूले उहाँको मृत्युको अघिल्लो‍ साँझ आफ्ना चेलाहरूलाई तयार गर्नमा बिताउनुभयो। येशुले त्यो स्मरणीय साँझमा भन्नुभएको कुरा मत्ती, मर्कुस र लूकाले भन्दा यूहन्नाले अझ धेरै घटनाहरूसहित वर्णन गरेको छन्। मत्तीजस्तै यूहन्नाल पनि त्यहाँ उपस्थित थिए र तिनी ज्यादै येशूका नजिक भएकोले येशूले भन्ने खोजेका कुराहरू अरूले भन्दा धेरै राम्रो बुझ्न सके। सबै कुरा लेख्नभन्दा अघि लामो समयसम्म यूहन्नाले धेरै ध्यान दिएर जान्नु पर्ने कुरामा गहिरिएर अघि बढ़न सके। ती वचनहरूले यूहन्नाको सुसमचारका अध्या‍य १४,१५ र १६ मा स्थान पाएको छ।

यस स्थितिमा अघिका समयमा जस्तै येशूले भनिरहनु भएको कुरा चेलाहरूलाई बुझ्न कठिन पर्यो, यस्तो किन हुन्छ ? तिनीहरू अबुझ भएको कारणले त होइन, हामीहरूमध्येका कति बुद्धिमानहरूजस्तै तिनीहरू पनि थिए। येशूले सफासँग कुरा नबुझाउनुभएको कारणले त अवश्य नै होइन। निसन्देह उहाँ संचार गर्ने कामको त गुरु नै हुनुहुन्‍थ्‍यो।

के चेलाहरू आत्मिक कुरामा सिकारु भएकोले हो ? आजको युगमा त्यो स्वीकार्न कठिन पर्छ। बालककालबाटै तिनीहरूले सभाघरमा धर्मशास्त्र अरूले पढेको र व्याख्या गरेको सुने। त्यसभन्दा पनि बढी तिनीहरूले बप्तिस्मा देने यूहन्नाको प्रचार, र त्युसपछि तीन वर्षभन्दा बढी समयसम्म येशूबाट वचन सुने, आश्चयर्य काम भएको देखे, र आफैले पनि त्यो काम गरे। ती जसले धेरै वर्षको उत्तम शिक्षा प्रशस्ते मात्रामा प्राप्त गरे र वर्तमान मण्डतलीका सबै अगुवाहरूभन्दा पनि धेरै आश्चशर्य काम देखे, तिनीहरूलाई नव शिष्यक भन्न मिल्दैन।

बरु पवित्र आत्मा अझसम्म नपाएको कारण येशूलाई बुझ्न सकेका थिएनन्। पवित्र आत्मावको बप्तिस्मा र पवित्र आत्माको बासबिना, उहाँले भनिरहनुभएको विषयको भित्रीय अनुभव तिनीहरू गर्न सकेनन्।

त्येसबेला जस्तो अवस्था थियो त्येसबाट परिवर्तन नहुनु आजको मूल परिस्थिति छ। पवित्र आत्माको प्रकाशबाहेक येशूले भन्नुभएको वचन बुझ्न जति असम्‍भव त्यँस बेला थियो त्यततिकै अहिले पनि छ। अन्‍तिम बेलुकी उहाँले चेलाहरूसँग बोलेका वचन तब मात्र अर्थपूर्ण हुन्छ, जब परमेश्वरको आत्माको आन्तरिक प्रकाशको अनुभव गरेको स्तरसम्म पुगेका हुन्छौँ।

प्रार्थना र स्वर्गीय सहयोगद्वारा त्यूस घटना भएको रातमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभएका वचनहरू बुझ्न कोशिश गरौँ।

यूहन्नाको १४ अध्याय यी शब्दले शुरु हुन्छ, “तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौं, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए के म तिमीहरूलाई भन्नेथिएँ, किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। र यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारेँ भने म आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ” (युहन्ना १४: १-३)।

धेरै मानिसहरू “येशूलाई विश्वास गर्यो भने मरेपछि स्वर्ग पुगिन्छ” भन्ने विचार गर्नुभन्दा धेरै बुझेका छैनन्। यस्ता मानिसहरू यस पदअनुसार येशूले चेलाहरूलाई तर्क दिँदै आकाशमा महलको प्रतिज्ञा गर्नुहुन्छ र त्यो‍ ठाउँमा मृत्युपछि वा येशू फर्किआउँदा पुग्न सकिन्छ , भन्ने कुरामा विश्वास गर्छन्। यो अध्याय पुरै पढ्यौँ भने उहाँले भन्नुभएका वचनको सही अर्थ त्यो नभएको भनी सफासँग बुझ्न सकिन्छ।

येशूले उहाँका चेलाहरूलाई तिनीहरूको दु:ख र संसारको सतावटको अन्त भएपछि कतै माथि आकाशमा सुन्दर महल पाउने आशाको लागि निश्चायता दिइरहनु भएको थिएन बरु तिनीहरूलाई दिनको निम्ति अझ उत्तम कुरो उहाँसँग थियो। एउटा नयाँ आत्मिक ठाउँ यहाँ (संसारमै) र अहिले नै आफ्नो अधिकारमा लिनुपर्ने विषयमा उहाँले तिनीहरूलाई भनिरहनु भएको थियो।

येशू यस संसारमा हुनुहुँदाखेरि उहाँका चेलाहरू पनि उहाँसँगै थिए तर आत्मिक स्तरमा त होइन। यद्यपि शरीरमा एउटै ठाउँमा थिए, तथापि उहाँ पूर्णतया तिनीहरूभन्दा भिन्दै आत्मिक क्षेत्रमा हुनुहुन्यो । फरिसीहरूसँग बात गर्नु हुदाँ भन्नुभयो, उहाँ आफै “माथिबाटको” र तिनीहरू “तलबाटका” थिए। उहाँ “परमेश्वरबाट” र तिनीहरू “आदमबाट”, उहाँ “स्वर्गबाट” र तिनीहरू “पृथ्वीबाटका” थिए। उहाँका आफ्ना अनुयायीहरू पनि उहाँसँगै एउटै आत्मिक ठाउँमा भएको चाहनुहुन्‍थ्‍यो‍। उहाँको मृत्यु, पुनरुत्थान र पिताकहाँ फर्कने उपायले मात्र यो सम्भव हुन सक्यो।

येशूको अन्तिम उल्लेखित प्रार्थनामा उहाँले पितासँग माग्नुभयो “संसारको सृष्टि हुनअघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्” (यूहन्ना १७:५)। शुरुमा सृष्टि हुनुभन्दा अघि आफ्नो पिताको महिमामा येशूको हिस्सा थियो। हिब्रू भाषामा महिमाको अर्थ महत्वपूर्ण हुन्छ। यूनानी भाषामा मौलिक उच्च भावनाको कीर्तिमान र तेज अथवा चहकिलो भन्ने शब्द्, समावेश भएको छ। येशूको आफ्ना पितासँगै भएको आदर, गौरव, भक्ति र महत्वपूर्ण स्थानलाई मानवको कुनै पनि भाषाले बयान गर्न सक्दैन।

यस्‍तो समय आयो जब उहाँले ती सबै महिमीत कुराहरू पन्‍छाएर मानव शरीर र रगत धारण गरी मरियमबाट जन्‍म लिनुभएको थियो। उहाँ मानवले कल्‍पना गर्न नसक्‍ने किसिमको सीमा र प्रतिबन्‍धको अधिनमा हुनु भयो। अब संसारबाट प्रस्‍थान हुनको अघिल्‍लो साँझ सतावट, मृत्‍यु र कष्‍टको माध्‍यमबाट उहाँ पितासंग पहिलेकै स्‍थान प्राप्‍तिको निम्‍ति आनन्‍दले पर्खि रहनुभएको थियो। मृत्‍युको दुख: भोगी सके पछि उहाँ फेरी पितासंग आफ्‍नो स्‍थानमा पुनस्‍थापित हुनुभयो। यो अचम्‍म र महिमीत बिजयद्वारा पुन: पिता कहाँ फर्कन लागेको कुरा मानिसको इतिहासले वा कल्‍पनाले अनुमान गर्न सक्‍दैन।

यूसुफ आफ्नो युवा अवस्थामा एउटा महत्वपूर्ण स्थान ओगटेका धनी मानिसका छोरा थिए। उसलाई बन्दी बनाइयो र मिश्री मालिकको घरमा दास हुन लगियो। उनी होच्याइए र अन्यापूर्वक कारागारमा फालिँदा अझ तल होचिन पुगे। तर अचानक एक दिन देशको सर्वोच्च दर्जामा उनको पदोन्नति भयो। शक्तिशाली मिश्री साम्राज्य पूरै उनको अधीनमा भयो मानिसहरूले उनको आज्ञा पालन गर्न पखर्नु पर्थ्यो। सबै अधिकार उनलाई दिइयो।

यूसुफको कथा छक्कै पार्ने खालको छ तर येशूले गर्नुभएको कामको अनुपातमा भने तुलना गर्न लायकको छैन। उहाँ पिताकहाँ फर्कने कुरा त, कुनै पनि मरणशील मानिसले ओगटनसक्ने दर्जाभन्दा अथाह गहिराइबाट अत्यन्तै महान्, अति उच्च र उतिकै गम्भीर कुरा थियो।

जब येशू आफ्ना पिताकहाँ पहिलेकै स्थायनमा फर्कनुभयो, उहाँको प्रार्थना पूर्ण भयो। “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुनअघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो” (युहन्ना १७: २४)। येशू पिताको दाहिने हाततर्फ महिमित स्थानमा फकर्नुभएको मात्र नभएर, अचम्मको कुरो त चेलाहरू पनि उहाँसँगै त्यस स्थानमा गए। आत्मामा तिनीहरू उहाँ भएको स्थानमा पुगे। उहाँले तिनीहरूलाई ग्रहण गरे। तिनीहरूको मृत्युलाई पखर्नु भएन न त स्वभाविक दोस्रो आगमनमा आएर ग्रहण गर्नुभयो। यस संसारमा तिनीहरू स्वभाविक मरणशील शरीरमा हुँदा हुँदै उहाँले तिनीहरूलाई पवित्र आत्माद्वारा ग्रहण गर्नुभयो।

चेलाहरूले गर्ने लागेका अझ महान् कामहरूको रहस्य यही थियो। तिनीहरू अहिलेसम्म नदेखेको क्षेत्रमा प्रवेश गरे, जुन अनुग्रहद्वारा आत्मामा नयाँ जन्म नपाएसम्म कसैले देख्न सक्तैन। त्यो अनुभव भएपछि तिनीहरूले परमेश्वरको राज्य देख्न शुरु गर्छन्।

पवित्र आत्मा‍को अनुभव भएपछि यी सबै काम पूर्ण भयो। चेलाहरू परमेश्वरसँग नयाँ क्षेत्रमा प्रवेश गरे। तिनीहरू येशू भएको ठाउँमा रहन शुरु गरे। एफिसीहरूलाई लेखेको पावलको शब्दहरूमा “उहाँसँगै हामीलाई उठाउनुभयो, अनि स्वेर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो” (एफिसी २:६)।

स्वभाविक क्षेत्रमा तिनीहरूले आश्चूर्य कामहरू गरीनै रहे तर तिनीहरूको विचारमा भने अब ठूलो भिन्नता थियो। यी आश्च्र्य काम मानिसहरूले देखिने गरी ध्यान आकर्षण गर्ने किसिमका मात्र थिए भनी अहिले थाहा भयो। मानिसको निम्ति अदृष्यि तर परमेश्वरको नजरमा अझ महान्‌ काम तिनीहरूले गर्न शुरु गरे। यी महान्‌ कामहरू आत्माको गुप्त क्षेत्रमा येशूले गर्नुभएका भौतिक चिन्ह्को आत्मिक सहयोगी अङ्गहरू थिए।

चिन्‍हहरू

मत्ति, मर्कूस र लूकाले येशूले गर्नुभएको आश्चुर्य कामको व्याख्या गर्न साधारण यूनानी शब्दा प्रयोग गरे, जस्को अर्थ “शक्तिको काम” तर यूहन्नाले अक्सर “चिन्ह” शब्द प्रयोग गरेका छन्।

चिन्ह शब्द आफैमा त मुल्यहीन छ, यसले कुनै कुरोलाई संकेत गरेकै हुनुपर्छ, र त्य्सको अर्थ हुनुपर्छ। येशूले गर्नुभएको आश्चलर्यचकित पार्ने कामले पछि हुनआउने आत्मि्क सत्यतालाई दर्शाउँदै गरेको कुरा अरूहरूले भन्दा यूहन्नाले बढी स्पुष्ट‍सँग देखे। जसले उहाँलाई विश्वास गर्छ, तिनीहरूले गर्नुपर्ने अझ महान्‌ काम दर्शाए।

ती कामहरू अब येशू र उहाँका प्रथम अनुयायीहरूले गरेका चिन्हहरू साथै त्यसमा भएका महान्‌ रहस्यपूर्ण अर्थहरू एक एक गरी विचार गर्नेछौँ।

चिन्‍हहरूको अर्थ

पानी दाखमद्यमा परिवर्तन

येशूको प्रथम आश्चर्य काम वा चिन्ह पानी दाखमद्यमा परिवर्तन गर्नु थियो। दाखमद्य सिद्धिएपछि विवाहको भोज संकटमा परेको थियो। नजिकै पानीका ६ वटा घ्याम्पाहरू थिए। येशूले दासहरूलाई भन्नुभयो “ध्‍याम्‍पाहरू पानीले भरिदेउ”। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो “उघाएर भोजका मुखियाकहाँ लैजाओ”। त्यसबेला पानी दाखमद्य भइसकेको थियो। मानिसको निम्ति ठूलै अप्रिय संकटकालीन अवस्था गजवले समाधान भयो, त्यसले गर्दा रमाइलो र आनन्दको वातावरण सृजियो होला। निसन्देह यस घटनाको चर्चा काना भन्ने गाउँ र परिवरिका देशहरूमा डढेलो सलकेझैँ फैलियो। त्यस्तो घटना नभएको धेरै युग बितेको थियो। छिमेकी गाउँका सिकर्मीको छोरामा यस्तो काम गर्न सक्ने शक्ति छ भनेर कसले पो विचार गरेको थियो होला र ?

तर यो चिन्हको अर्थ के थियो ? म विश्वास गर्छु भविष्यमा हुने सबै चिन्हहरूको निम्ति ठोस परिचय थियो।

६ वटा ढुङ्गाका घ्याम्पाहरूमा पानी राखिएको थियो, पानी र संख्या ६ शरीरको प्रतीक वा स्वभाविक पक्षको अर्थ लगाउँछ, भने अर्कोतर्फ दाखमद्यले आत्मा को अर्थ लगाउँछ। जब पेन्तिकोसको दिनमा प्रेरितहरू पवित्र आत्माले भरपूर भएका थिए, तिनीहरूलाई नयाँ दाखमद्यले मातेको आरोप लागेको थियो। बाहिरबाट हेर्नेहरूले प्राय: भिन्नता छुट्याउन सक्दैनन्।

येशूले गर्नुभएका सबै आश्चर्य कामहरू स्वभाविक घटनाहरू थिए, जसलाई बाइबलले शाररीक (भौतिक) भन्द‍छ। हरेक आश्चएर्यकर्मपछि आत्मामा हुन आउने कुराको अग्रिम चिन्ह अथवा लक्षण थियो। त्यसले ती आश्चर्यकाम अचम्मै भए पनि पछि हुने कामको संकेत गरेको मात्र थियो भन्ने कुरा एक एक गरी हेर्नेछौँ। तिनीहरू पछि हुने आन्तरिक यथार्तताको निम्ति बाहिरी लक्षण थिए।

पानी राख्ने घ्याम्पाहरू ढुङ्गाले बनाएको भनी किन भनियो ? ढुङ्गा निर्जिव वस्तु हो। पुरानो करार ढुङ्गाको पाटीमा लेखिएको थियो, र यसले जीवन दिन पटक्कै सक्दैनथ्यो। जीवन दिने येशूको करार (वचन) त हृदयमा लेखिएको हुनुपर्छ। सुलेमानको मन्दिर ढुङ्गाले बनाएको थियो र त्यो परमेश्वरले बास गर्न इच्छा गरेको जस्तो जिउँदो मन्दिर कहिल्यैम पनि हुन सकेन। पुरानो करारको वेदीहरू सबै ढुङ्गाले बनिएका थिए, तर परमेश्वर त जिउँदो वेदीहरू चाहनुहुन्यो।

त्यसो भएकोले नयाँ करारको जिउँदो दाखमद्य हुनुभन्दा अघि ढुङ्गाका ६ वटा घ्याम्पाहरूबाट पानी निकाल्नु पर्यो।

मरेकालाई जीवित बनाउनुभएको

जोप्पा नगरमा तबिता नामकी महिला बस्दथिन्। एक दिन तिनी बिरामी भएर मरिन्। तिनले धेरै असल काम र अरूको सहयोग गरेकी कारणले लोकप्रिय महिला भएकी थिइन्। चेलाहरूले तुरुन्तै पत्रुसलाई बोलाउन पठाए, तिनी आएर कोठाभित्र पसे र तिनको लागि प्रार्थना गरे। उनले महिलालाई “उठ” भने तब उनी जुरुक्को उठेर बसिन्। तिनका साथीहरूलाई कति ठूलो आनन्द र खुशी लाग्यो होला हामी त्यसको कल्पना गर्नसक्छौँ। यो खुशीको सन्देश चाँडै नगरभरि फैलियो।

जब युटिकस घरको माथिल्लो तलाबाट खसेर मर्यो, कारण तिनी पावलले प्रचार गर्दैगरेको बेला निदाएको थियो, तब त्यहाँ धेरै संकटको अवस्था परेको थियो। त्यस घटनाले गर्दा, पावलको आगमनको आनन्द र उसले सिकाउन लागेको येशूको वचनको प्रकाशलाई त्यो असल युवाले गुमाएको अप्रिय घटनाको कारण शोक र दु:खको वातावरणमा परिवर्तन भयो। जब पावल तल ओर्लेर विश्वाससाथ प्रार्थना गरे, युटिकस पुन: जीवित भयो, तब सबै शोक रमाहटमा परिणत भयो। यस्तो घटनाको प्रभाव मानिसको जीवनकाल भरि रहिरहन्छ।

पेन्तिकोस चाड़को दिनमा यरूशलेममा धेरै मानिसहरू आत्मिक अन्ध्कार र मृत्युको अवस्थामा थिए। पत्रूसले पवित्र आत्माको शक्तिमा जीवनको वचन प्रचार गरिसकेपछि, ठूलो भीडले उहाँको वचन सुने र उही पवित्र आत्माले तिनीहरूलाई आत्मि्क जीवनमा ल्याउनुभयो। निसन्देह यस्तो घटना भएकोमा विभिन्न् मिश्रित प्रतिक्रियाहरू पनि भयो। सम्भवत कतिपय नयाँ विश्वा‍सीका मित्रहरू र नातेदारहरू त्य‍हाँ भएको घटनाको कारण धेरै बिचलित भए, धर्माधिकारीहरू पनि खुशी भएनन्। तर स्वर्गमा भने ठूलो आनन्द भयो, स्वर्गदूतहरूले अचम्म् माने, यो सबैभन्दा अझ महान्‌ आश्चर्य काम भएको थियो। मानव जाति पृथ्वी का बासिन्दा, जो “पाप र अधर्ममा मरेका थिए” आत्मामा जीवित भएको हुँदा येशूका वचनहरू पूरा भयो। यो उहाँले भन्नुभएको अझ महान्‌ कामको प्रारम्भ् थियो।

मृतक शरीरलाई जिउँदो बनाउनुभन्दा मृतक आत्मालाई आत्मामा जिउँदो बनाउनु अझ महान्‌ काम हो र निश्चय त्यो चाहिँ त परमेश्वँरको दृष्टि र सच्चा्इमा भएको हो। मानिसको दृष्टिँमा शारीरिक मृतकलाई जगाउन सक्नु‍ धेरै ठूलो काम हो। तर परमेश्वँरको दृष्टि र मानिसको दृष्‍टि दुई भिन्दै् कुरा हुन् र हामीचाहिँ ईश्वरीय दृष्टि् प्राप्ति गर्ने प्रयासमा छौँ।

अन्‍धालाई आँखा

जन्मैको नेत्रहीनको आँखा खोलिनु निश्चय अचम्म लाग्ने कुरा हो, त्यसमा पनि कुनै पाको मानिसले पहिलोपल्ट, विभिन्न रङ्गहरू देख्न पाउँदा त्यहसलाई कस्तो आश्चर्य लाग्ला त्यो कल्पना गर्नुहोस, निसन्देह संसारै रमाउँछ वयस्कलाई त झनै राम्रो लाग्छ। जीवनमा कसैले स्वभाविक दृष्टि पाउँदा अवश्य संसारै रमाउँछ। जब कुनै मानिसले आत्मिक दृष्टि पाउँछ भने स्वर्गमा ठूलो आनन्द हुन्छ। येशूले फरिसीहरूलाई भन्नुभयो, तिमीहरू अन्धाहरूलाई डोर्याउने अन्धो अगुवा हौ। उहाँले यो स्वभाविक दृष्टिको सम्बन्धमा भन्नुभएको थिएन नता उहाँले तिनीहरूको बौद्धिक ज्ञानको सरोकार राख्नुभएको थियो। तिनीहरूले धर्मशास्त्र राम्ररी जानेका थिए, र असल सिद्धान्त सिकाउन सक्दथे, तिनीहरूको समस्या त आत्मिक अन्धोपन पो थियो। तिनीहरूले न परमेश्व्रलाई देख्न सक्दथे न ता उहाँको राज्य नै। तिनीहरूले नयाँ आत्मिक जन्म पाएका थिएनन्।

जब पावल दमिशकको बाटोमा लोटे, मध्य दिनको घामजस्तो चम्किलो ज्योति देखे, तीन दिनसम्म शारीरिक अन्धो भएर केही देख्न सकेनन् र उनले केहि खानपिन पनि गरेनन्। तब हननिया नामका चेला डरले थरथराउदै आएर तिनले दृष्टि पाउन र पवित्र आत्माले भरिपूर्ण होउन भनी प्रार्थना गरे, तुरुन्तै तिनका आँखाबाट पाप्राजस्ता केही कुरा खसे र उनको स्वभाविक आँखा त खुल्यो तर उनको आत्मिक दृष्टि के भयो त ? अझ महत्वपूर्ण कुरो त उनका आत्मिक आँखा पनि खुल्यो।

यो घटना भएको दिनसम्म उनी खास एउटा धर्म मान्ने, भौतिक थोकलाई मात्र देख्ने मानिस थिए, उनले भौतिक ज्ञान विधि र व्यवस्थाको बलिदानलाई एक एक गरी मानेको भए तापनि उनले स्‍वर्गको राज्य देख्न सकेका थिएनन् न त उनको आत्मिक जन्मन नै भएको थियो। पावलले यो अनुभव गरेर आत्मिक दृष्टि पाएको कारण उनका पत्रहरू हाम्रो निम्‍ति रहस्यमय धर्मशास्त्र र विश्वका अरू असंख्य मानिसका निम्ति‍ पनि आशिष र उत्साह को विषय भएको छ।

भीड़लाई खुवाउनु भएको

पाँच रोटी र दुई माछाले मात्र ठूलो भीड़लाई चाहेजति खुवाउनेजस्तो घटनाले आवश्य पनि आजका विश्व प्रचलित खबर पत्रहरूको निम्ति विशेष शिर्षक हुने थियो। स्‍वर्गको खबरपत्रहरूले भोकाएकाहरूलाई तृप्त हुन चाहनेहरूको निम्ति प्रशस्त तथ्य र आत्मिक भोजन दिन्छ। भीड़लाई खुवाई सकेपछि येशू भन्नुहुन्छ “नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ” (युहन्ना ६:२७)। येशूको व्यक्तित्वभन्दा भइरहेका छक्क पार्ने घटनाहरूमा नै मानिसहरू बढ़ी उत्सुक थिए। भोलीपल्ट त तिनीहरू फेरि भोकाउनेछन् भनी उहाँलाई थाहा थियो।

कुनै पनि असल मानिसले खाना नपाएको कुनै दुब्लो, नाङ्गो बच्चा‍ देख्यो भने उसको मन दयाले भरिएर केही सहायता गरिदिने इच्छा जाग्छ। रोग दु:ख, कष्ट र दुर्भाग्य अवस्थाले पीडित व्यक्तिलाई त्यसबाट छुटकारा दिनको निम्ति आफ्नो अमूल्य समय, धन र जीवन नै पनि अर्पण गर्ने असल मानिसहरूको निम्ति प्रभुलाई प्रशंसा होस्। दु:ख दरिद्रतामा परेकाहरूको पुकार त परमेश्वरले सुन्नुहुन्छ तर त्योभन्दा पनि बढ़ी जुन कारणले गर्दा त्यो आत्मिक अन्धरकार, अन्धोनपना, दरिद्रता आएको छ त्यसलाई उहाँले देख्नुहुन्छ।

साँचो आत्मिक खानेकुरा के हो त्यो हामीले सिक्नु‍ आवश्यक छ। हामीले दुध र ठोस् खानेकुराको भिन्नता पत्ता लगाउनुपर्छ र जुन उचित छ त्यो खुवाउनु पर्छ। असल आत्मिक खाने कुराले आत्मिक सुस्वास्थ्‍य मानिस बनाउंछ। आत्मिक सुस्वास्थ्‍य हुनेहरूले आफ्ना वरिपरिका मानसि र शारीरिक अस्वास्‍थ्‍यहरूलाई पनि स्वस्‍थ्‍यकर् बनाउन सक्छन्।

बिरामी निको पारेको

प्रेरितहरूले पाएको निको पार्ने शक्तिको प्रचारले यरूशलेम, सामरिया, एशियाभरी र रोमसम्म भ्रमण गरेका हरेक शहरमा आश्चीर्यचकित र आनन्द ल्यायो। शरीरको रोग मन पर्ने कुरा होइन। आजको आधुनिक औषधि उपचार आउनभन्दा अघिको अवस्था झनै खराब थियो। मानिसहरू शारीरिक पिड़ा असुविधामा परेका मात्र नभएर काम गर्नु असमर्थ भएकाले अझ बढ़ी दु:ख भोग्नु परेको छ। शारीरिक चङ्गाई परमेश्वरको अलौकिक शक्तिद्वारा होस् वा आधुनिक औषधि उपचारबाट, यो ठूलै आशिष् हो तर यो क्षणिक मात्र हो र यो सधैँ रहिरहदैन। पावलद्वारा निको पारिएकाहरू अहिले राम्रो स्वास्थ्यमा छैनन्, तिनीहरूका शरीरहरू उहिले नै सडिसके।

शारीरिक रोग निको पार्नुभन्दा आत्मिक रोग निको पार्नु अझ महान्‌ काम हो। शारीरिक, मानसिक रोगहरू डाक्टर र औषधिहरूले निको पार्नसक्छ‌ तर आत्मिक रोगलाई निको पार्न परमेश्वरको शक्तिले मात्र काम गर्छ। यदि हामीले पवित्र आत्माको शक्तिमा वचन बोल्यौँ भने, आत्मिक रोगलाई निको पार्न सक्छौँ। हामीबाट परमेश्वरको प्रेम र शक्ति भित्री मनुष्यत्व को नराम्रो रोगहरूमा पुग्छ र सुस्वास्‍थ्‍य र जीवन ल्याउँछ, अक्सर यसले शरीरलाई पनि सुस्वास्‍थ्‍यमा पुर्याँउछ।

पानीमाथि हिंडनुभएको

पानीमाथि हिँड्‌नु आश्‍चर्य काम हो, त्‍यो भौतिक खिच्‍ने शक्तिको (गुरुत्‍वाकर्षणको ) नियम विपरीत छ। येशू पानीमाथि उनीहरूतर्फ हिँड्‌दै गरेको चेलाहरूले देखेर छक्क परि डरले स्‍वाँ-स्‍वाँ गर्न लागे। पत्रुस पनि डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्‌नलागे। उनले आफ्‍नो पैतालामुनिको पानी खँदिलो भएको महसुस गरे, यो घटना उनको जीवनभरि बिर्सीनसक्‍ने क्षण भयो।

आज हवाइजहाज आकाशमा उड्छ, उच्‍च अन्‍तरिक्षमा पुगेर पृथ्‍वीलाई परिक्रमा गर्छ। मानिसले बिज्ञानद्वारा भौतिक खिच्‍ने शक्तिको नियमको विपरित काम गर्न सिकिसकेको छ।

आइज्याक न्‍युटनले संसारलाई (गुरुत्‍वाकर्षणको नियमको बारेमा) बैज्ञानिक ज्ञान दिनुभन्‍दा पनि धरैअघि पावलले भिन्‍दै प्रकारको खिँच्‍ने शक्तिको पत्तो लगाए। उनले यसलाई पाप र मृत्‍युको व्‍यवस्‍था भने। यसको पनि त्‍यतिकै बराबर तलतिर तान्‍ने सामर्थ छ। पावल यसरी लेख्‍नुहुन्‍छ “किनभने असल काम जो म गर्न चाहन्‍छु त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ त्‍यही म गर्ने गर्छु। अब म जो इच्‍छा गर्दिनँ त्‍यही गर्छु भने त्‍यो म होइनँ, तर मभित्र बास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब भलो गर्न चाहन्‍छु, तब दुष्‍टलाई मेरो नजीकै उपस्‍थित पाउँछु। किनकि, म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु, तर मेरो अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा बास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ” (रोमी ७: १९-२३)। माथितिर तान्‍ने आत्‍माको शक्तिले मात्र शरीरको तलतिर खिच्‍ने शक्तिको विरोध गर्नसक्‍छ।

येशू गालीलको भौतिक पानीको माथि-माथि आश्‍चर्यजनक रूपमा हिँड्नुभयो तर त्‍योभन्‍दा अझ महान्‌ आश्‍चर्य त पानीलाई प्रतिनिधित्‍व गर्ने अथवा शरीरमाथि विजयी भएर उहाँ हिडँनुभयो। उहाँले तल खिच्‍ने आत्‍मिक शक्तिको खण्‍डन गर्नुभयो। यो अदृष्‍य अझ महान्‌ आश्‍चर्य काम हो, जो उहाँले आफ्‍नो जीवनको हरेक क्षण गरिरहनु भयो।

पावलले पनि यस्‍तो रहस्‍यपूर्ण विजयको पत्ता लगाएर पत्रमा लेखे, “पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ”(रोमी ८:२)।

प्रगति

हामीले परमेश्‍वरको ज्ञानमा प्रगति र अनुभवको व्‍याख्‍या गरिरहेका थियौँ। सम्‍पूर्ण बाइबलले परमेश्‍वरको आफ्‍नै प्रगतिशील प्रकाश मानिसको निम्‍ति भएको कुरा व्‍याख्‍या गर्दछ। हामीले लगातार बडिरहने, परमेश्‍वरको प्रकाश हाम्रो आफ्‍नै जीवनमा र हामीबाट अरूहरूमा पुगोस् भन्ने प्रतीक्षा गर्नु पर्दछ।

हामी अक्‍सर नयाँ नियममा भएका अझ महान्‌, अझ असल,अति उच्‍च जस्‍ता तुलनात्‍मक शब्‍दहरू पाउँछौँ। त्‍यसले स्‍वभाविक समतलबाट आत्‍मिक उच्‍चतासम्‍म भएको अर्थ लगाउँछ। पुरानो करार असल थियो, नयाँ करार झन असल, झन महान्‌ र अति उच्‍च छ।

येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको विषयमा यी वचनहरू बोल्‍नुभयो “साँचै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्‍दा महान् अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान् छ” अहो कस्‍तो बयान ! बप्‍तिस्‍मा दिने यूहन्‍नाको यहुदा प्रान्‍तका सबै बासिन्‍दाहरूमाथि शक्तिशाली प्रभाव परेको थियो। उसको साहसपूर्ण प्रचारले धेरै मानिसहरूलाई पश्‍चताप गर्न र बप्‍तिस्‍माको आज्ञा मान्‍नसम्‍म पुर्‍यायो, तथापि यूहन्‍ना आफैलाई थाहा थियो, जसलाई पछ्याउनु पर्ने थियो त्‍यो बाटो तयार गर्न मात्र सक्‍दथे। आफैले नयाँ जीवन दिन सक्‍ने थिएनन् तर जो पछि हुन लागेको थियो त्‍यसको निम्‍ति मानिसहरूलाई तयार गर्न सक्‍दथ्‍यो। उनको बप्‍तिस्‍मा पानीको मात्र थियो, आगो र पवित्र आत्‍माको थिएन। अझ महान्‌चाहिँ त आउन बाँकी नै थियो।

इनारको छेउमा सामरी महिलाले सोधिन, के तपाईं हामीलाई यो इनार बनाइदिने पुर्खा याकुबभन्‍दा महान्‌ हुनुहुन्‍छ ? हो उहाँ महान्‌ हुनुहुन्‍थ्‍यो ! जुन पानी दिन उहाँ आउनुभएको थियो याकुबले तिनीहरूलाई दिएको पानीभन्‍दा भिन्‍दै र सर्वश्रेष्‍ठ थियो। परमेश्‍वरमा यो पानी पूर्ण नयाँ प्रकारको थियो।

“के तपाईं हाम्रा पिता अब्राहामभन्‍दा महान्‌ हुनुहुन्‍छ ?” भनी यहुदीहरूले येशूलाई प्रश्‍न गरे। उत्तरमा, येशूले भन्‍नुभयो “अब्राहाम हुनभन्‍दा अघि म थिएँ” । विश्‍वका तीन ठूला धर्म मान्नेहरूमा अब्राहाम आदरणीय, प्रतिष्ठित महान्‌ व्यक्ति थिए तर येशूचाहिँ सर्वोच्च शिखरमा हुनुहुन्‍छ।

झुटो चिन्‍हहरू

अब हामी विषयको नकारात्‍मक पक्षतिर लाग्‍नुपर्छ र झूटो र धोखापूर्ण खतरालाई बुझ्‍नुपर्छ।

यदि तपाईं कुनै अपरिचित शहरमा जानुहुन्‍छ र त्‍यहा बाटो देखाउने चिन्‍ह छैन भने बाटो पैल्‍याउन कठिन पर्छ तर त्‍यसको सट्टामा त्‍यहाँ चिन्‍हहरू धेरै छन् र सबै चिन्‍हले बेठीक बाटो देखाउँछ भने त्‍यो त अझ खतरापूर्ण हुन्‍छ !

आत्‍मा खेलाउने, भुत-प्रेत मान्‍ने, तथा कतिपय धर्म मान्‍नेहरूले किसिम किसिमका चमत्‍कारहरू गर्दछन्‌। प्रत्‍यक्ष रूपमा येशूका अनुयायीहरूलाई चिन्‍ह र अचम्‍मको काम गर्ने एकाधिकार दिइएको छैन।

यस विषयमा धर्मशास्‍त्र मौन छैन। फिरौउनको सामुन्ने मोशाले गरेका तीन चिन्‍हहरू सबै मिश्रका जादुगरहरूले नकल गरे। हारुनले आफ्‍नो लट्ठी भूइँमा फ्‍याँक्‍दा त्‍यो सर्प भयो, मिश्रका जादुगरहरूले पनि त्‍यही गरे। मोशाले पानीलाई रगत बनाए, मिश्रका जादुगरहरूले पनि यो गर्न सके। मोशा र हारुनले पानीबाट भ्‍यागुताहरू निकाले, जादुगरहरूले पनि ठीक त्‍यसतै गरे। सबै अचम्‍मको काम परमेश्‍वरबाट आएको हुँदैन।

येशूले चेलाहरूलाई स्‍पष्‍ट गरी चेतावनी दिँदै भन्‍नुभयो: “किनकि झूठा ख्रीष्‍टहरू र झूठा अगमबक्ताहरू खडा हुनेछन् र हुनसके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्” (मत्ती २४:२४)।

पावलले थिस्‍सलोनिकीहरूलाई त्‍यस्‍तै कुरा लेखेका छन्: “शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्‍हहरू र चमत्‍कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्‍त दुष्‍टतासहित आउनेछ” (२ थिस्‍स २:९, १०)।

यूहन्‍नाले आफ्‍नो दर्शनमा पृथ्‍वीबाट निस्‍केको पशुको कुरा प्रकाशको पुस्‍तकमा लेखेका छन्।“मानिसका आँखाको अघि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो” (प्रकाश १३:१३)।

माथिका यी तीन दृष्‍टान्‍तहरूमा उस्‍ताउस्‍तै प्रसँग छन्‌ र सबैले युगको अन्‍तको प्रतिक्षा गर्दछन्। तिनीहरू सबै यस युगको निम्‍ति हुन् र हामी पूर्णताको समयमा जीएका छौँ।

कोचाहिँ ठगिन लागेको छ ? सजिलैसँग ठगिन सक्‍ने मानिसहरू को हुन् ? के ती अशिक्षित हुन् ? के ती बाइबलको ज्ञान न भएका हुन् ? सबैभन्‍दा महत्‍वपूर्ण प्रश्‍नचाहिँ हामी ठगिनबाट कसरी बाँच्‍न सक्छौँ ?

कति मानिसहरू बाइबलको ज्ञान पाए भने सुरक्षित सम्‍झन्‍छन्। यदि धर्मशास्‍त्रको सच्‍चाइमा गहिरो जरा हालेको भए सुरक्षित हुन सक्‍छ। सुन्‍नुहोस् ! यहोवाका साक्षीहरूलगायत अरू पनि जो बाइबल अध्‍ययन गर्ने र शिक्षामा धेरै समय बिताउँछन्, तिनीहरू ठगिए कि तीबाहेक अरूहरू सबै ठगिए ! बाइबल अध्‍ययन र शिक्षा महत्‍वपूर्ण हुनसक्‍छ तर त्‍यसले धोखाबाट बाँच्‍न निश्‍चयता दिन सक्दैन।

इमान्‍दार मानिसहरू, जसले धर्मशास्‍त्रको पशस्‍त ज्ञान प्राप्‍त गरिसकेका छन्‌, ती गम्‍भीर धोखामा परेकाहरूलाई म चिन्‍छु। तिनीहरू आफ्‍नो बाइबल सिद्धान्‍तसँग मिल्‍दो-जुल्‍दो इसाईसँग (नाम मात्रका विश्वासीसँग) भेट्‌छन्‌, जसले परमेश्‍वरको शक्ति पाएको जस्‍तो देखिन्‍छ। तिनीहरू चिन्‍ह, चमत्‍कार र बाहिरी रूपमा धेरै राम्रो तर भित्रपट्टि तिनीहरू झूठो भविष्‍यवक्ताहरू थिए। तिनीहरू भेडाको भेषमा ब्‍वाँसाहरू थिए।

फरिसीहरू बाइबलका विद्यार्थी साथै नयाँ करारका समयमा अध्‍यापकहरू थिए। तिनीहरूलाई धर्मशास्‍त्रको ज्ञानले भ्रमबाट बचाउनु सकेन, बरु सच्‍चाइबाट टाढै राख्‍यो ! फरिसीहरूले मानिसहरू येशूकहाँ आएको देखेर भने, “तिमीहरू पनि बहकियौ, कि कसो ? के धर्मगुरु अथवा फरिसीहरूमध्‍ये कसैले उसमाथि विश्‍वास गरेको छ ? तर यो भीड, जसले व्‍यवस्‍था जान्‍दैन, त्‍यो श्रापित छ” (यूहन्‍ना ७:४७-४९)। यिनीहरूलाई भएको दु:ख-कष्‍ट हेर त ! फरिसीहरूको विचारमा मानिसहरू येशूद्वारा ठगिँदै थिए। कारण तिनीहरूले धर्मशास्‍त्र जानेका थिएनन्।

दु:खको कुरो आजको दिनसम्‍म पनि त्‍यस्‍ता कुरा घरि-घरि भइरहेको पाइन्‍छ। धर्मशास्‍त्रको ज्ञानले मात्र मानिसहरूलाई धोखाबाट बचाउन सक्‍दैन, तर बचाउने होइन सत्‍यताबाट टाढ़ा राख्‍तछ ! धेरै मानिसहरू जसले बाइबलका ठीक सिद्धान्‍त मान्छौँ भनी भन्‍छन्, वास्‍तवमा सिद्धान्‍त प्रसार गर्ने झुण्‍ड वा समुदायको आफ्‍नो शिक्षाले लादेर जनतालाई आफ्‍नै पक्षभित्रै सुरक्षित राख्‍ने लक्ष लिएका हुन्‍छन्।

कतिपय मानिसहरू व्‍यक्तिगत वा सानो झुण्‍डहरूमा बाटो बिराउन सक्‍छन्‌ र ठूलो झुण्‍डहरूले धोखाबाट सुरक्षित राख्‍छ भनी विश्‍वास गर्दछन्। तर मण्‍डली इतिहासको साधारण अध्‍ययनले यो असत्‍य प्रमाणित गरेको छ। संख्‍याको कुरा गर्दा सानोदेखि लाखौँको झुण्‍डहरू पनि यस्‍ता गम्भीर धोखाबाट पिडित छन्। विशाल संख्‍या भएको इसाई संस्‍था तिनीहरूको सहमतिमा आउन अस्‍वीकार गर्नेहरूप्रति सामूहिक हत्‍या गरेको अपराधबाट मुक्त छैन। सानो ठूला सबै प्रकारका झुण्‍डहरूले अनौठो शिक्षामा विश्‍वास गरेर अनौठो कार्य-अभ्‍याससमेत गरेका छन्। कतिले त भर्नुभन्‍दा त बौलाउनु भलो भन्ने कुरा ठानी आफूप्रति आत्‍मिक र स्‍वभाविक गम्भीर क्षति पुर्‍याएका छन्, भने अरूहरूले चाहिँ, उग्र झुण्‍डहरू सामूहिक आत्‍मा-हत्‍या आफैलाई अन्त्य गरेको थाहा भएकै कुरो हो।

अधिक संख्‍यामा सुरक्षा हुन्‍छ भनी विश्‍वास गर्ने पहिलेका मानिसहरूले बाबेलको धरहरा बनाए। तिनीहरूले सोचे: यदि हामीले आफ्‍नो नाउँ राख्‍नलाई वरिपरि पर्खाल लगायोँ भने सबै कुरा ठीक र सुरक्षा हुन्‍छ भनी ठानेका थिए। त्‍यसपछि धेरै मानिसहरूले तिनीहरूको नमुनालाई आजको दिनसम्‍म पछयाइरहेका छन्।

बाइबल अध्‍ययन गर्न राम्रो हो, अरू विश्‍वासीहरूसँगको सङ्गति गर्नुको साथै यस विषयमा गहिराइ र चौडाइमा पुग्‍न दुवै अझ राम्रो छ तर परमेश्‍वरबाट प्राप्‍त भएका यिनीहरूमध्ये कुनै पनि आशिष्‌ले धोखाबाट सुरक्षाको ठोकुवा दिन सक्‍दैन।

माथि लेखे झैं येशूले भन्‍नुभयो “किनकि झुटा अगमवक्ताहरू खडा हुनेछन्‌, र हुनसके चुनिएकाहरूलाई पनि भ्रममा पार्नलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्। यदि त्‍यो सम्‍भव थियो भने।” तब हामी कसरी धोखाबाट उम्‍कन सक्छौँ त ? माथि उल्‍लेख गरे झैं, कोचाहिँ ठगिनेछ भनी यूहन्‍ना भन्‍छन्‌। ती तिनीहरू नै हुन जो पृथ्‍वीमा बस्‍छन्। निसन्‍देह स्‍वभाविक रूपमा पृथ्‍वीमा बस्‍नेहरू त होइनन् तर ती आत्‍मिकी जो त्‍यहाँ बस्‍छन् ! यस्‍ता मानिसहरू निकोदेमसजस्‍ता छन्‌। तिनीहरू येशूले गर्नुभएका चिन्‍हहरू त देख्‍न सक्‍छन्‌ तर परमेश्‍वरको राज्‍यचाहिँ होइन। स्‍वभाविक आँखाले चिन्‍ह र आश्‍चर्य-कामहरू देख्‍न सक्‍छन्‌, तर त्‍यो भन्‍दा बढी भने होइन, चिन्‍हले पछि हुन आउने अझ महान्‌ काम देखाइरहेको चाहिँ देख्‍न सक्‍दैनन्।

“दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ” भनेर येशूले दुईपल्‍ट फरिसीहरूलाई भन्‍नुभयो (मत्ती १२:३९ र १६:४)। यदि हाम्रा आँखा चिन्‍हहरूमा मात्र लागेका छन्‌ भने हामी सजिलै ठगिन्छौँ। हामी पनि दुष्‍ट र व्‍यभिचारी पुस्‍ता, जसले चिन्‍हहरू खोज्‍छन्‌, ती मध्‍यका हुनेछौँ। धर्मशास्‍त्रका अरू ठाउँहरूमा जस्‍तै येशूले यस खण्‍डमा पनि ’व्‍यभिचारी’ शब्‍द प्रयोग गर्नुहुन्‍छ। जब परमेश्‍वरका जनहरू उहाँको आराधना गर्नबाट फर्केर मुर्ति पुज्‍न थाल्‍छन्, तब तिनीहरू व्‍यभिचारी हुन्‍छन्। हामीले आत्‍मा र सत्‍यतामा आराधना गरेको परमेश्‍वर चाहनुहुन्‍छ। यदि हामी अदृश्‍य परमेश्‍वरबाट फर्केर स्‍वभाविक आँखाले देख्‍न सक्‍ने कुनै कुरोपट्टि फर्क्‍यौं भने मुर्तिपट्टि फर्केको र आत्‍मिक व्‍यभिचार गरेको ठहरछ।

येशूले तयार गर्न जानुभएको ठाउँचाहिँ हाम्रो सुरक्षित स्‍थान हो। जब हामी स्‍वर्गमा बस्‍नेहरूसँग बसेका हुन्छौँ, तब हामी नठगिइने सुरक्षित ठाउँमा हुन्छौँ।

पावलले तिमोथीलाई भनेको कुराले यसलाई पुष्‍टि दिन्‍छ।“आदम बहकिएका होइनन् तर स्‍त्रीचाहिँ बहकिएर पापमा फँसेकी हुन्” (१ तिम २:१४)। अर्थात स्‍वभाविक स्‍त्री त होइन तर आत्‍मिक स्‍त्री ! धर्मशास्‍त्रमा पुरुषले आत्‍माको र स्‍त्रीले शरीरको अर्थ लगाउँछ। जब हामी शरीरअनुसार हिडछौँ स्‍वभाविक क्षेत्रमा हाम्रो विचारलाई सीमावद्ध र अधिनमा राख्छौँ र सहजै धोखामा पर्न सक्छौँ। हाम्रो मन परमेश्‍वरको आत्‍माले पुन: नयाँ बनाएकोले मात्रै हामी सुरक्षित हुन्छौँ।

समाप्‍ति

वर्तमान युगमा विश्‍वभरि नै चिन्‍ह, अचम्‍मको काम, र अलौकिक प्रत्‍यक्ष कामहरू मण्‍डली र ठूला साना झुण्‍डहरूमा व्‍यापकरुपमा फैलिएको छ। कतिपय मानिसहरू जे भइरहेको छ देखेर धेरै उत्‍साहीत छन भने, अरु चाँहि धेरै सावधान छन, ती बाहेक अझ अरु चाँहि कट्टर बिरोधी छन्।

चिन्‍ह र आश्‍चर्यकामहरू त स्‍वभाविकै मात्र हुन्। त्‍यसले ठूलो आत्‍मिकी बिषयका कुराको संकेत दिदैनन्। पेन्‍तिकोस चाड़को दिनमा आत्‍माको महान‍्‍‍ बप्‍तिस्‍माको अनुभव गर्न भन्‍दा अघि पनि चेलाहरूले रोगीहरूलाई निको पारे, दुष्‍ट आत्‍माहरू धपाए। बिभिन्‍न धर्म र मत मान्‍ने मानिसहरूले धेरै किसिमको शक्ति प्रयोग गरि उस्‍तै छक्‍क पार्ने काम गरेका छन्।

चिन्‍ह र आश्‍चर्यकामले परमेश्‍वरको हृदयमा भएको अझ महान काम तर्फ संकेत गर्छ भने हामी त्‍यस प्रति रमाउन र आनन्‍द मनाउन बाहेक अरु केहि गर्न सक्‍दैनौं। तिनीहरूको बिरोधमा बोल्‍नबाट प्रभुले हामीलाई रोकुन। जब तिनीहरू, मानिसको सेवकाई र संस्‍थालाई वा आफ्‍नै पदन्‍नोती गर्छन वा आफ्‍नै भलाईको लालषा गर्छन तब हामी धेरै सावधान हुनु आवश्‍यक पर्छ।

कलस्‍सीलाई लेखेको पावलको पत्रले भन्‍छ “यदि तिमीहरू ख्रीष्‍टसँग बिउँतिएका छौँ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ। माथिका कुरामा मन लगाओ पृथ्‍वीमा भएका कुरामा होइन” (कलस्‍सी ३:१,२)। चिन्‍ह र आश्‍चर्यकामहरू भौतिक हुन् भनी हामीले हेर्‍यौं। एका तर्फ धोखाको खतराबाट टाढ़ा रहन चाहन्छौँ भने, अर्कोतर्फ परमेश्‍वरसँग हिँड्‌ने कुरामा अघि बढौँ, पावलको अर्ती मान्‍नुमा नै उत्तम सुरक्षा छ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने